काठमाडौं । 

ग्रेटर नेपाल पत्रिकाको ११ औं वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा छिमेकीले अतिक्रमित गरेको भूमि फिर्ता ल्याएरै छोड्ने ग्रेटर नेपाल महाअभियानका राष्ट्रिय संयोजक सुरेन्द्र ढकालले उद्घोष गरेका छन । छिमेकीले नेपाली भूमि अतिक्रमित गरिरहेको सिमानाका जङगे पिलर रातारात हराउने क्रम तिब्र रुपमा चलिरहेको कुरा उल्लेख गर्दै आवश्यक परे मुक्ती सेना बनाएर भएपनि भूमि फिर्ता ल्याउने अभियानमा विशाल नेपाल महा अभियान लागि परेको संयोजक ढकालले बताए । विशेषगरी दुई ठूला मुलुक चिन र भारतको हेपाह मानसिकताको सिकार हामी भइरहेका छौ विभिन्न वहानामा हाम्रो सिमाना मिच्ने काम भइनै रहेको छ । सिमानामा बस्ने नेपालीमाथीको ज्यादती यत्र तत्र सवत्र छाताछुल्ल नै छ तर पनि सत्तासिन दलहरु पटकपटक सत्ताको तर मार्नेहरुको ध्यान सिमानाका जनतामाथी भएको ज्यादतिमा नगएको तितो वास्ताविकताबाट हामी कोही पनि टाढा छैनौ त्यसकारण विशाल नेपाल महाअभियानले कुनैपनि हालतमा गुमेको भूमि फिर्ता ल्याउने अठोट दोहोर्याएका थिए । आफ्नो सबै सम्पत्ति समाजसेवाका लागि ट्रष्ट बनाएर खर्च गरिरहेको र राष्ट्रका लागि छिमेकीको विस्तारवादका विरुद्धमा बोल्दा गुमेको भूमि फिर्ता ल्याउने अभियान चलाउदा मर्न र मारिनुमा आफूलाई कुनै डर नभएको हुनाले सबैलाई यस विशाल नेपाल महाअभियानमा साथ दिन आग्रहसमेत संयोजक ढकालले गरेकाछन । कार्यक्रममा विशाल नेपाल अभियानका अभियन्ता ग्रेटर नेपाल पब्लिकेश्नस प्रा लि का अध्यक्ष रामशरण पण्डेले हाम्रै पालामा विशाल नेपाल बनाउन नसकिए पनि आउने पुस्ताका लागि विशाल नेपाल जोगाउनका लागि हामी सबै अभियन्ताहरु एकठाउमा आउनुको विकल्प नभएको बताए । करिब ८२ ठाउमा छिमेकीले हाम्रो भूमि हडपी सकेको कुरा बताउदै नेपाललाई फिजीकरण हुनबाट जोगाउनु सच्चा राष्ट्रभक्त नेपालीको जिम्मेवारी भएकाले अहिलेको राजनैतिक दल सत्ताको लागि मात्रै राजनीति गर्ने देश र भूमिप्रतिको रक्षाका लागि चासो नदिने भएकाले यिनीबाट .हामीले विशाल नेपाल आशा गर्नु मुर्खता मात्र हुने कथन अध्यक्ष पाण्डेको छ । विशाल नेपाल अभियानमा सबैले साथ दिएको अवस्थामा गुमेको भूमि फिर्ता ल्याइ विस्तारवादी मानसिकतालाई परास्त गर्न कुनै समय नलाग्ने कुरा प्रति अध्यक्ष पाण्डेको संकेत थियो । 
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो । ग्रेटर नेपाल पत्रिकाले राष्ट्रवादी चलचित्र काँडेतारको निर्माता सामना फिल्म प्रा लि लाई सम्मानसमेत प्रदान गरेको छ ।