काठमाडौं ।
पदभार ग्रहण गरे लगत्तै उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले कुनैपनि वहानामा कुनैपनि किसिमका तस्करीलाई नछोड्ने उदघोष गरेका छन । लामिछाने ठिक एक वर्षपछि पुन गृह मन्त्रालय सम्हाल्न आइपुगेका छन । पहिलो पटक गृह मन्त्री रहेको वेला ३४ दिन मन्त्रालय सम्हालेका रविको पद नागरिकता विवादले चेट भएको थियो । तर अस्थिर राजनैतिक समिकरणको उपयोग गर्दै रास्वपाका सभापति रवि लामिछाने पुन गृह मन्त्रालयमा फर्किएका छन ।
मन्त्रालयमा पदभार ग्रहण गर्न पुग्दा समर्थकहरु रवि दाइ हाइ हाइ भन्ने नारा मन्त्रालयभित्रै लगाएका थिए । पदभार ग्रहणपछि रविले छोटो कुरा गर्दै न्याय माग्नका लागि मन्त्रीलाई भेट्ने प्रवृत्तिको अन्त्य गर्ने, मिटर व्याज पीडितको न्यायको लागि गहिरो अनुसन्धान गरी काम गर्ने रविको भनाइ थियो । मन्त्री रविले व्यापारीले कुनै पनि किसिमको व्यापार गर्न पाइन मलाई सुरक्षा भएन भन्ने जस्ता गुनासो नआउने गरी आफूले काम गर्ने कुरा पनि बताए । रविले आफू पहिला भन्दा निकै दृढ र परिपक्व भएर यस मन्त्रालयमा आएको कुरा समेत बताए ।
पहिलो पटक गृहमन्त्रालय सम्हाल्दा रवि विवादमा तानिएका थिए ।
वर्तमान भिडको आसाको केन्द्र बनेका मन्त्री रविले गिर्दै गरेको भरोसालाई फिर्ता ल्याउन निकै सुजबुझका साथ सेवाको डेलीभरी गरुन भन्ने आम अपेक्षालाई जोगाउनु पनि छ ।


0 comment