काठमाडौं
चलचित्र काँडेतार प्रिमियर सो भएको छ । काठमाडौंको विश्व ज्याति हल जमलमा चालचित्र काँडेतारको प्रिमियर सो गरिएको हो । सामना फिल्मस् प्रा लि को व्यानरमा निमार्ण गरिएको चलचित्र काँडेतार यहि फागुन २५ गते देशैभरीका सिनिमा हलहरुमा एकैसाथ प्रदर्शन हुँदैछ । यस चलचित्रमा प्रखर राष्ट्रवादी कलाकारको रुपमा परिचित नायक निर्देशक निर्माता नवल खड्काको प्रमुख भूमिका रहेको यस चलचित्रले यस अघि नै उपत्यका बाहिर प्रिमियर सो गरिसकेको छ । सिमानामा काँडेतार लगाउनु पर्छ काँडेतार लगाइयो भने सिमानाको ज्यादती कम हुने कुरा फिल्ममा उठाइएको छ । फिल्म काडेतार तीन करोड नोपलीले हेर्नुपर्ने यो फिल्ममा भारत विरोधी कुनै पनि विषय नभएको कुरा पूर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको भनाइ थियो । फिल्म भारत विरोधी भएको र यो फिल्म मधेशका कुनैपनि हलहरुमा चल्न दिनु हुन्न भन्ने अभियानै चलिरहेको बेला काठमाडौंको प्रिमियर सो मा कलाकार राजनीतिक दलका नेता वाहाल वाला सांसद पूर्व उपप्रधान तथा मन्त्री सिमाविद्ध अभियन्ता पत्रकार लगायत थुपै्रै व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो सोही क्रममा दलका नेता कलाकार अभियन्ताहरुले फिल्म कुनैपनि हिसावबाट भारत विरोधी मधेश विरोधी नभएको र आफ्नो देशका सिमानाको चिन्ता प्रखर रुपमा चलचित्रमा उठान गरिएको र सिमाना लगायएको खन्डमा छिमेकी विरोधी हुने भन्दा पनि छिमेकीसँगको सम्बन्ध अझ बलियो प्रगाढ र भाइचाराको हुने कुरा दलका नेता कलाकार अभियन्ता तथा विज्ञहरुको थियो ।
राष्ट्रवादको विषयलाई उठाइएको फिल्म काँडेतार हरेक नपालीको मनमा राख्नुपर्ने र यही फागुन २५ गते प्रदर्शन हुन लागेको हुनाले सबैले हेर्नका लागि आग्रह गरिएको छ । फिल्मबाट उठेको रोयल्टीको २५ प्रतिशत हिस्सा सिमानामा काँडेतारका लागि खर्च गरिने कुराको उद्धघोषसमेत फिल्मका नायक नवल खग्काले गरे । काँडेतार फिल्म हेर्ने दर्शकले फिल्म मात्र हेर्दैछैनन सिमानामा काँडेतार लगाउने अभियानमा पनि सहभागी भइरहेका छन भन्ने कुरा निमात्री गायक सत्यकला राईले बताइन ।

-1.jpg)
0 comment