काठमाडौं । 
चितवन रत्ननगरस्थित शिशु निकेतनको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय शालिन पोखरेलको पोष्मार्टम रिपोर्ट आएको छ । शालिनको मृत्युलाई लिएर विभिन्न सञ्चारजगत तथा सामाजिक सञ्जालमा टिकाटिपणीहरु भइरहेका थिए । मृत्यु आत्म हत्या नभई हत्या हो भन्ने परिवारको आरोप थियो । तर शालिनको रिपोर्टमा बलत्कार पुष्टि नभएको पोष्मार्टममा संलग्न चिकित्सकको भनाइ छ । बालिकाको मृत्युको कारण बारे रिपोर्टमा हयाङ्गिङ लेखिएको छ । बालिकाका परिवारले मृतकको शरिरमा विभिन्न चोटपटक रहेको दावी गरे तापनि रिपोर्टमा त्यस्तो नपाइएको हो । त्रिवि शिक्षण अस्पतालमा बालिकाको पोष्टमार्टम गरिएको थियो । रिपोर्ट अनुसार शरिरमा ठूलो चोटपटक कुनै नदेखिएको चिकित्सकहरुको भनाइ रहेको छ । सोही घटनामा संलग्न भएको आसंकामा प्रहरीले स्कूलमा प्रिन्सीपल भाइस प्रिन्सीपल र होस्टेल वार्डेनलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका आरोपीहरु विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ गहिरो अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार मृतक शालिनले छोडेको सुसाइड नोटमा पनि मलाइ सबैले माया गर्नु है लेखेकी पाइएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार सरी एब्रीवडी सरी ममी डयाड सुसाइड नोटमा रहेको भनिएको छ । 
शालिनको घटना प्रकरणमा सत्यतथ्य चाडो बाहिर आओस भन्ने आवाज चौतर्फी रुपमा उठिरहेको छ । 
शालिनको मृत्यु प्रकरणमा अराजक मच्चाएको भन्दै सामाजिक अभियन्ता पुन्य गौतम र युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोष्टमार्टम रिर्पोट सार्वजनिक गर्नुपर्ने माग राखी अस्पतालमा सडक जाम गर्न खोजेपछि अभियन्ता दयलाई नियन्त्रण गरिएको छ । उनीहरुलाई प्रहरीले महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ । 
गोरखा स्थायी निवासी शालिन पोखरेल विगत दुई वर्षदेखि होस्टेलमा पढदै आएकी थिइन भने शालिनका बुबा आमाको पहिलै सम्बन्ध विच्छेद भएको थियो ।