दिपक श्रेष्ठ,

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलिलले सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगर-११ घर भई भक्तपुर गट्ठाघर बस्ने २२ वर्षका रामसेवा राम , पर्सा विरगंग-१५ घर भई गट्ठाघर भक्तपुर बस्ने २४ वर्षका आकाश साह सोनार सर्लाहीको विष्णु गाउँपालिका-४ घर भई पुरानो बानेश्वर काठमाडौं बस्ने २१ वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थ कुमार सिंह रहेका छन्।

उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउने लगायतका प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय रकम ठगेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिह राथौरले बताउनुभएको छ ।

सामाजिक सञ्जाल इमो भाइबर,फेसबुक, इन्स्टाग्राम र टिकटक को एप प्रयोग गरी विभिन्न अकाउन्ट बनाएर फ्रेन्ड रिक्वेस्ट पठाउने र दुबइमा रहेकि जमजम इलेक्ट्रोनिक नाम फेसबुक पेजबाट महँगो ब्रान्डका मोबाइल सेटहरु सस्तो मूल्यमा खरिद विक्री वितरण गरेको लाइभ भिडिओ पेजमा पोस्ट गरी ठग्ने गरेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले अमेरिका लगायत देशहरूबाट पार्सलमा सुनका गरगहना, जुत्ता, औँठी, कपडा लगायतका सामान पठाइदिन्छौ भनेर भन्सार शुल्क, डेलिभरी चार्ज लागि भन्दै पैसा उठाउने गरेको पाइएको छ ।

यस्तो अपराधबाट अधिकास महिला बर्गहरु ठगिने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरूको साथबाट ७ वटा मोबाइल, १६ वटा सीमकार्ड, एटिएम २९ वटा, विभिन्न बैंक खातामा रकम डिपोजिट गरेका रसिद १६ वटा, चेक ४, राहदानी सावरी, चालक अनुमति पत्र र नागरिकता ४ थान पनि बरामद गरेको छ ।