काठमाडौं
चितवन रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतन बोडिङ स्कूलको छात्रवासमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय शालिन पोखरेल गत शनिवार झुन्डीएको अवस्थामा मृत फेला परेकी थिइन । शालिनको मृत्यु प्रकरणवारे सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चारमा टिकाटिपणी आइरहेका छन । शालिनको मृत्यु हत्या हो की आत्म हत्या भन्ने बारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । यसै सन्दर्भमा शालिन पोखरेलको मृत्यु प्रकरणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन । ओलीले शालिनको मृत्युवारे गहिरो र विश्वसनीय अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।
घटनाको बारे ओली यसो भन्छन, चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् ओलीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन परिवार र आफन्त अत्यन्त पीडित छन ्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ । उक्त मृत्यु प्रकरणमा नेपाल प्रहरीले पनि अनुसन्धान भइरहेको विषयलाई प्रभावित पार्ने किसिमका भ्रामक समाचारहरु संप्रेषण नगर्ने सबैलाई आग्रहसमेत गरेको छ । शालिनको मृत्यु प्रकरणमा संलग्न भएको आंसकामा तीन जना व्यक्तीहरुलाई पक्राउ गरिसकेको छ ।


0 comment