नेपालको र्‍यापर ब्याटल शोमा अग्रेणी स्थानमा रहेको रबार्जको पाँचौं सस्करण यहि आउँदो फाल्गुन २९ गतेबाट प्रत्येक मंगलवार र बुधवार राती ८ बजे ईमेज च्यानलबाट प्रसारण हुने भएको छ । यसको आज पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको छ ।

यसभन्दा अघि नेपालमा रहेका प्रतिभाशाली युवाहरुलाई र्‍यापर मार्फत हिप होप सङ्गीत क्षेत्रमा आफ्नो कला प्रदर्शनी गर्ने प्लाट्फर्म युटुबमा मात्रै सिमित रहेको रबार्ज पाचौ सस्करण देखि पहिलो पटक टेलिभिजनमा रियालिटी शो मर्फतमा आउन लागेको र यस्तो कार्यक्रमले नेपाली सङ्गीत उद्ध्योग, उद्ध्योगमा हिप अप कम्युनिटिबाट राम्रो र्यापरहरु उत्पादन गर्न सकिने रेबार्जका प्रमुख कार्यकारी अधिकृत कोलिन बिक्रम राणाले बताउनु भयो ।

लाहुरे , बालेन , साकार , उनिक पोइट , फ्रोफेशर ट्रीक्स लगायतकाहरु रबार्ज बाटै उदाएका कलाकार हुन । अमेरिका ,बेलायत र अष्ट्रेलियामा फ्रेन्चाइज रहेको र हिपहोप कम्युनिटी माँझ विश्वभर चिनिएको र यस पाली पाचौं सस्करणको फोकस एन्टि ड्रग्स र क्लिन् लिरिक्समा आधारित रहने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मेन स्ट्रीम मिडियामा यस्तो रियालिटी शो पहिला इमेज च्यानल टेलिभिजन बाटै भएको स्मरण गर्नुहुदै फेरि पनि यस्तो आर्यक्रम प्रशारणगर्न पाउँदा खुशी ब्यक्त गर्नु हुँदै इमेज च्यानलबाट सक्दो सहयोग हुने इमेज च्यानल टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत महेन्द्र बिष्टले बताउनु भयो ।

फिजिकल र अनलाइन अडिशनबाट नेपालको बिराटनगर, पोखरा, चितवन, बुटवल, धनगढी, काठमाडौँ र छिमेकी मुलुक भारतको दार्जीलिङ र सिलिगुडिबाट हजारौं प्रतिस्पर्धी मध्येबाट ३५० जना छानिएको र अर्को चरणमा उत्कृष्ट ४० जना बीचको प्रतिस्पर्धा टेलिभिजनबाट प्रसारण हुनेछ ।

निर्णायकहरु मा प्रोफेशर ट्रीक्स, क्रोम्ब्लाह र केटिएक सोल्झा रहने छन् भने कार्यक्रम संचालकहरुमा र्‍यापर भियोमा र र्‍यापर परि रहने कार्यक्रममा जानकारी गराइयो। यस सस्करणका बिजेताले नगद रु दस लाख संगै टिभिएस एन्ट्रोक एस्पि स्कुटर र २५ लाख बराबरको गीत रेकर्दिङ सम्झौता दोश्रो हुनेले तीन लाख नगद सहित १५ लाख बराबरको गीत रेकर्डिङ , तेश्रो हुनेले दुई लाख नगद सहित १५ लाख बराबरको गीत रेकर्दिङ्ग सम्झौता हुने छ ।