दिपक श्रेष्ठ,

काठमाडौं –  नेपाल रत्न तथा आभूषण संघ भित्र फर्जी कम्पनी खडा गरेर वैंकको ट्रेजरीसँग मिलेर जिल्ला र अन्य व्यवसायीको समेत सुन कब्जा गरेर अवैध कारोवार गर्दै आएको अध्यक्ष सुमन ताम्राकार माथि लागेको छ ।

बरिष्ठ उपाध्यक्ष गुप्ताले सामाजिक सन्जाल ह्वाट्सएपमा सुन कोटामा अनियमितता गरेको भन्दै पोष्ट गरेकोमा आपत्ती जनाउदै नरेन्द्र गुप्तालाइ सोध पुछको लागि समितिको बैठकमा बोलाइएकोमा आरोप लागेका अध्यक्षले बैठकमा अध्यक्षता गर्न नहुने भन्दैआफ्नो कुरा राखेर बैठकबाट बाहिरिनु भएको थियो ।

नक्कली कम्पनी खडा गरी जिल्ला र अन्य व्यवसायीहरुले पाउनुपर्ने सुन कब्जा गरी अवैध कारोवार गरेको नेपाल रत्न तथा आभुषण सघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताउनुभएको छ । नेपाल रत्न तथा आभुषण सघ अध्यक्षले फर्जी फर्म खोलेर सुन बितरण कोटामा अनियमित गरेको भन्ने आरोप निराधार भएको सघका महासचिव जयराम पाण्डेले बताउनु भयो ।

अनियमित भएको प्रमाणित गर्न सक्नुभयो भने उपाध्यक्ष गुप्तालाइ फुलमाला ले स्वागत गर्ने प्रमाणित गर्न नसकेको खण्डमा सघको बिधान अनुसार प्रकृया अघि बढाउन महा सचिव पाण्डेको भनाइ छ ।

सघका बरिष्ठ उपाध्यक्ष गुप्ताले भने सबन्धित निकायले यो बिषयमा छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन माग गर्नु भयो । अनियमीत सुन कोटा बितरण अनियमित भएको भन्दै गुप्ताको समर्थनमा नेपाल अघिराज्यबाट समर्थनको लागि झण्डै ६ सय भन्दा बढी ब्यवसायिहरु काठमाडौ आउने उपाध्यक्ष गुप्ताले जानकारी दिनु भयो । विदेशी मुद्रा अभावको कारण विगत १५ वर्षदेखि सुनमा कोटा प्रणाली अनुसार बितरण हुँदै आइरहेको छ ।