हरि चौधरी,

काठमाडौं– अहिले मेचीदेखी महाकालीबाट वित्तीय संस्था तथा मिटर ब्जाय पिडितहरु २२ दिनसम्मको लामो पद गर्दै  काठमाडौंमा आएर प्रर्दशन गरिरहेका छन् । हजारौंको संख्यामा काठमाडौं आएर सिफलचौर लगायत विभिन्न ठाउँमा पाल टाँगेर आश्र्रम लिइ रहेका पिडितले प्रधानमन्त्री निवास बालुवाटार तथा राजधानीका अन्य ठाउँहरुमा नारा, जुलुस सहितको प्रर्दशन गरिरहेका छन् । सरकारले मिटर ब्याज तथा वित्तिय संस्था पिडितहरुसँग पटक–पटक बार्ता गरे पनि समस्या समाधान नगरेको कारण उनीहरुले थप पीडा भोग्नु परिरहेको छ । महोत्तरीबाट राजधानी आएका पिडित बाबुलाल शाहाका अनुसार “तराई मधेशमा मिटर ब्याजी र लघुवित्तले हजारौं मात्र नभएर लाखौंको संख्यामा घरबार बिहीन बनाउने काम गरेको छ । जग्गा धनीपूर्जा लाघुबित्त, सहकारी र शाहुहरुको कब्जामा परिसकेको हुनाले ऋणिहरु सुकुम्बासीमा दर्ता भईसकेका छन् । अब सरकारले तत्काल चासो लिएर समस्या हल नगरेसम्म हामी राजधानी छाडेर फर्कदैनौं ।”

लघुवित्त र वित्तिय शोषण बिरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा पैदल यात्रा तथा विरोध प्रर्दशन भइरहेको छ । बैक, लघुवित्त लगायत वित्तीय संस्थाहरुले जनतालाई पिडित बनाए भन्दै दुर्गा प्रसाई नेतृत्वको समूहले पनि एक बर्ष अगाडिदेखि आन्दोलन गरिरहेको छ । बीस लाखसम्मको ऋण मिनाहाको माग उक्त समूहले गरेको छ । अहिले आन्दोलनरत संघर्ष समितिले ऋणिहरुलाई तत्काल कालो सूचिबाट मुक्त गर्नु पर्ने माग गरेका छन् । लघुवित्तहरुले कालो सूचिमा राखेका कारण सम्पूर्ण बैङ्क कारोबारहरु रोक्का भएको र आफ्ना छोरा छोरीहरुको शिक्षा, दीक्षामा समेत गम्भीर समस्या परेकाले तत्काल कालो सूचिबाट मुक्त गर्नुपर्ने माग पिडितले अघि सारेका छन् । लघुवित्तहरुको चक्रबृत्ति ब्याजले गर्दा ऋण लिएको छोटो अवधिमै साँवा ब्याज डबल हुने गरेकाले ऋणिहरुले ऋण चुक्ता गर्न सकेका छैनन् । सरकारले अविलम्ब आन्दोलनरत पक्षसँग बार्ता गरी समस्याको समाधान गरोस अन्यथा आन्दोलनको राप ताप मुलुकभर फैलिएर अस्तव्यस्त बन्न सक्ने तर्फ समेत प्रदेशनकारीले ध्यानकार्षण गराएका छन् ।