सम्शेर क्षेत्री

 

सिन्धुपाल्चोक बलेफी गा। पा। १ खमारे घर भएका ४० बर्षिय प्रहरी हवल्दार लेख बहादुर खड्काको मृत्यु भएको छ । प्रहरी वृत्त बानेश्वर दरबन्दी भई हाल प्रहरी बिट कृष्ण मन्दिरमा कार्यरत हवल्दार खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

मंगलबार बेलुकी ड्युटीको लागि जाँदै गर्दा उनले चलाएको बा ९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि बाँसबारी ब्युरो अस्पताल लगिएको थियो । उपचारको क्रममा बुधबार बेलुकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरपरिवारले सवारी दृर्घटना नभई डिउटीको क्रममा अज्ञात व्यक्तिले एकान्त टाउकोमा प्रहार गरिएको र भाग्ने क्रममा मोटरसाइकल दृर्घटनामा परेको दावी गरेका छन् ।