जिल्ला प्रहरी कार्यालयले एटिएम मेशिन फोड्ने एकजनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की जिल्ला माछापुछ्रे गाउपालिका ९ स्थायी घर भइ पोखरा महानगरपलिका १७ बिरौटा बस्ने राजकुमार पौडेल रहेका छन । पौडेलले कास्की जिल्ला जिरो किलोमिटरमा रहेको नेपाल इन्भेष्टमेण्ट बैकको एटिएम पैसा चोर्ने उदेश्यले फोडदै गरेको अवस्थामा वडा प्रहरी कार्यालयको बैदामको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय कास्किका प्रमुख मोहन कुमार थापाले बताउनु भयो ।
पक्राउ परेका पौडेललाइ चोरी मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कर्यालय कास्किले जनाएको छ ।


0 comment