काठमाडौं – गएराति भक्तपुरको मध्यपुर ठिमीको एस.एस चोक नजिक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

महाबौद्धबाट घर फर्कने क्रममा करीब ९ः१५ बजेको समय तिर बा. ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिएको थियो । ट्रिपरले ठक्कर दिइ गम्भीर घाइते भएका प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो । 

सिन्धुपाल्चोकको बलेफी–५ ज्यामिरेका ४३ वर्षीय उद्धव प्रसाद नेपालको मध्यपुर अस्पतालमा उपचारकै क्रममा राति ९ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय टिपर चालक बोलमान वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।