शम्सेर क्षेत्री,
सिन्धुपाल्चोक – नेपालका संविधानले तिन तहका सरकारको बेवस्था गरेको छ, संघिय, प्रदेश र स्थानिय । तिनै तहका सरकारहरुलाई दैनिक प्रशासन चलाउन कार्यालयको आवश्यकता पर्छ नै । अझ स्थानीय तह त जनतासँग प्रत्यक्ष सम्बन्ध र सरोकार जोडिएको संघिय इकाई हो । स्थानिय तह भन्नु नै स्थानिय सरकार हो । यसले आफ्ना दैनिक जनसरोकारका विषयहरु सम्पादन गर्न अलग कार्यालय स्थलको आवश्यकता महसुर गर्छ नै ।
सुुनकोसी गाउँपालिका प्रशासकीय भवन बनाउन पिपलडाँडामा केही जग्गा दाताहरुले मन फुकाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसले गाउँपालिकाका निर्बाचित जनप्रतिनिधी र कर्मचारी मात्र होइन स्थानीय जनतालाई समेत हर्सित बनाएको छ । सुनकोसी गा.पा ०३ चिनखर्कका स्थानीय निवासी प्रेम पहरी, डिल बहादुर पहरी र ललित बहादुर पहरीले ११ रोपनी जग्गा गाउँपालिका भवन निर्माणका लागि निशुल्क रुपमा जग्गा दान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । गाउँपालिकाको प्रशासकिय भवन निर्माण गर्न ६ रोपनी जग्गा आबश्यक रहेकोमा उहाँहरुले ठूलो दिल गरेर ११ रोपनीसम्म जग्गा दान गर्ने हुनु भएको छ । उहाँहरुको विशाल हृदयको जति प्रशंसा गरेपनि कम नै हुन्छ ।


0 comment