दिपक श्रेष्ठ,

काठमाडौं – लागुऔषध नियन्त्रण ब्युरोको टोलिले नयाँ शैलिमा लागुपदार्थ बेचबिखन गर्दै आएका एक जनालाइ पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका २९ घट्टेकुलो बस्ने बर्ष २६ का विशन मानन्धर रहेका छन।

पक्राउ परेका मानन्धरले बिगत १ बर्ष देखि लागुपदार्थ गाजा र चरेसको धुलो प्रयोग गरि मफिन केक बनाएर बिक्री गर्दै आइरहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द थपलियाले बताउनु भयो ।

मानन्धरले आफ्नो अबैध कारोबारलाइ गोप्य रुपमा सन्चालन गर्न सामाजिक सन्जाल इन्स्टाग्राममा ब्याम्बुङ्ग नेपाल पेज प्रयोग गरेर डार्कवेब मार्फत बिश्वासिलो फलोर्सलाइ इन्ड्राइभर राइडर मार्फत लागुपदार्थ युक्त केक अनलाइनमा अर्डर लिएर पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मानन्धरको कोठाबाट केक बनाउन प्रयोग हुने कच्चा पदार्थ लगायत अन्य सामानहरु पनि बरामद गरेको छ । हाल सोसल मिडिया समेतबाट विभिन्न नामको पेजहरु खोली लागुपदार्थ मिश्रीत केक लागू औषधको अबैध कारोबार अनलाइन मार्फत भैरहेको हुदा सम्पुर्ण अभिभावकहरुलाई सचेत हुन समेत प्रहरिले अनुरोध गरेको छ । पक्राउ परेका माथी थपनुसन्धान भैरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।