सम्सेर कार्की,
सिन्धुपाल्चोक – नेपालमा विकास र निर्माणको गति अवरुद्ध हुनमा विशेषताः भ्रष्टचार र कमिसन मुख्य जिम्मेबारी रहँदै आएको सर्वविदीत छ । भुष्टचार र कमिसनकै कारण निर्माण पुरा भएका भौतिक संरचनाहरु समेत कमसल र कमजोर बन्ने गरेका छन् गुणस्तरहीन निर्माण कार्यले पुल, नहर, भवन र सडकहरु थोरै समयमै क्षतविक्षत बन्ने गरेका अनगिन्ति उदाहरणहरु छन् ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५, बलेफीमा रहेको अरनिको राजमार्गमा बनेको मोटर पुल पुलजीर्ण हुँदै गएको छ । सडक विभागको गैरजिम्मेबारीका कारण सो पुलजीर्ण हुँदै गएको हो । उक्त पुलको निर्माण चीन सरकारको सहयोगमा २०२३ सालमा भएको थियो । अरनिको राजमार्गकै लाइफ लाइन मानिने सो पुल जीर्ण अवस्थामा पुगेर खण्डहरमा परिणत हुनेबेला भइसक्दा पनि त्यसको मर्मत सम्हारमा सडक विभागको ध्यान गएको छैन । सडक विभाग ठेक्का पट्ट लगाएर कमिसन असुल्नमै व्यस्त छ ।
सडक विभागले पुल मर्मत एवं सम्हारमा ध्यान नदिएपछि विशाल नेपाल डटकमका सहकर्मी शमसेर क्षत्री र राजिव हमालको पहलमा बलेफी गाउँपालिका वडा नं. ५ का सदस्य नारायण खड्का र नवप्रतिभा युवा क्लवका अध्यक्ष राजु श्रेष्ठ त्यस्तै बलेफी प्रहरी चौकी इन्चार्ज टिम र स्थानीय व्यक्तित्व रुद्र कार्की लगायतहरुको पहलमा पुलमा उम्रेको वरपिपल काटेर सफा गरिएको छ । त्यस्तै खोलाबाट पानी तानेर पुल माथि रहेका फोहोरहरु फालेर सफा गरिएको छ । सडक विभागले वेवस्ता गरेपनि समाजसेवी मनहरु पुलको संरक्षण गर्न कस्सिएका छन् ।



0 comment