सम्सेर क्षेत्री,
सिन्धुपाल्चोक – बनदेउ र सिम्ले बिच ठाउँहरुमा जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोक, प्रहरी चौकी बलेफी र बिशाल नेपाल डटकम टिम मिलेर सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरेको छ । सिम्लेको साहुजीहरुले गाडी धोएको पानी अरनिको राजमार्गमा लगाउदा बाटोमा समस्या आउन थालेपछि सरसफाइ तथा जनचेतनामूलक अभियान सुरु गरेका हुन् । टिफरबाट ठाउँ ठाउँमा झारेको गिट्टी र बालुवा पनि सरसफाइ गरिएको हो ।
काभ्रे र सिन्धुपाल्चोक सिमाना गेट छेउमै रहेको किलोमिटर पिल्डर नै कब्जा गरेर राखिएको आलामलाई हटाउन ट्राफिक प्रहरी इन्चार्ज सन्तोष ज्ञवालीले निर्देशन दिनुभएको छ भने अरनिको राजमार्ग नै कब्जा गरेर राखिएको निर्माण सामाग्री नहटाए कारबाही गरिने भनेर सम्झाउने बुझाउने काम पनि गरिएको हो ।



0 comment