दिपक श्रेष्ठ,
काठमाडौं - कास्की प्रहरीले आफ्नो श्रीमतीको हत्या आरोपमा एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी जिल्ला धौलागिरी गाउपालिका ७ तारकम घर भैइ कास्की जिल्ला पोखरा महानगरपालिका- २९ नौबिसे चोक बस्ने बर्ष ३६ का नर बहादुर घर्ती रहेका छ्न ।
नर बहादुरले आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको सुचना पाए पछि प्रहरी पुगि घर्तिलाइ पक्राउ गरेको हो । पक्राउ परेका घर्ती माथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले बताउनु भयो।


0 comment