सम्सेर क्षेत्री,
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा लघुबित्त वित्तिय संस्थाहरुले बचत कर्तालाई सेवाभन्दा पनि निराशा बढी दिने गरेका छन् । आफ्नो बचत रकम कामका लागि निकाल्न खोज्दा वित्तिय संस्थाका संचालकहरु भाका राख्दै बचतकर्तालाई अल्मल्याउने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, आरम्भ चौतारी लघुवित्तिय संस्था । आरम्भ चौतारी लघुवित्त बित्तिय संस्था सुकुटे शाखाले बचतकर्ता को बचत रकम फिर्ता माग्दा ३ महिना, ६ महिना पछि दिन्छु भने पछि सुकुटेका बचतकर्ता दिदिबहिनीहरुले आरम्भ चौतारी कार्यालयमा पुगेर दवाव दिएका छन् । दिदीबहिनीको दवाव पछि लघुबित संस्था ले ५ जनाको रकम एक महिना पछि माघ १० गते फिर्ता गर्छु भने पछि पिडित दिदिबहिनीहरु कार्यालयबाट फर्केका छन् ।
सिन्धुपाल्चोक जिल्ला यो त उदाहरण मात्र हो बिशाल नेपाल डटकमलाई केही महिना अधि गुनासो आएको थियो ग्लोवल आइएमई बितिय संस्थाले बचतकर्ताले निबेदन दिएको १ बर्ष हुँदा पनि बचत दिएन भनेर गुनासो आए पछि हाम्रा विशेष न्यूज व्यूरोका समशेर क्षेत्रीले संस्था कर्मचारीलाई सम्पर्क गर्न खोज्दा उल्टै बितिय संस्थाले थर्काएको थियोे ।
च्याउ सरि खुलेका बितिय संस्था ले सेवा भन्दा पनि दुख धेरै दिन थाले । बचतकर्ता तपाईंहरु पनि बेलैमा बिचार पुराएर बितिय संस्था मेम्बर बन्नु होला पछि पछुताउन पर्ला कि । आफैले बचत गरेको रकम माग्दा पनि वित्तिय संस्थाले नदिने बचतकर्ताको यो कस्तो नियति हो ?



0 comment