दिपक श्रेष्ठ,
काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराले एक थान कटुवा पेस्तोल र गोलि सहित एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोरिहारी जिल्ला छौडादानो पन्चायत तिनकुने बस्ने बर्ष ३२ को सुजित कुमार सिह रहेका छन ।
सिह लगायत ब्यक्तिहरु हतियार सहित नेपाल प्रबेश गरेको भन्ने सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा बाराको बिश्रामपुर गाउँपालिका ३ को डम्पिङ्गसाइट नजिक नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि गोलि प्रहार आक्रमण गर्न खोज्दा प्रहरीले घुडा मुनि गोलि प्रहार गरि नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिइएका सुजित कुमार सिह बिगत ५ बर्ष देखि बारा र रौतहटमा घटेको भिभिन्न घटनामा गोलि हानी हत्या गर्ने सार्प सुटर रहेको र सिँहमाथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिनु भयो ।


0 comment