दिपक श्रेष्ठ,
काठमाडौं – सनातन धर्म–संस्कृतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेपाल सनातन धर्म सकृती सङ्गठनले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै सोमबार काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।
बिरोध र्याली काठमाडौंको गौशालाबाट शुरू भएर संसद् भवन नयाँ बानेश्वरतर्फ अघि बढेको प्रदर्शन निषेधित क्षेत्रको बिन्दुमा पुगेर कोण सभामा परिणत भएको थियो । बिरोध कार्यक्रममा विभिन्न हिन्दु संघ संस्थाका प्रतिनिधि र समर्थन सहभागी थिए । मन्त्री किराँतीविरुद्ध चर्को नाराबाजी गर्दै र्याली बानेश्वर सम्म पुगेको थियो ।
भएको बिरोध प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तासमेत सह्भागिता रहेको थियो ।
संसद् भवनतिर जाने भन्दै अगाडि बढेका प्रदर्शनकारीलाई प्रहरीले नयाँ बानेश्वर नपुग्दै आईल्पेक्स मलअगाडि रोकेको थियो ।
प्रदर्शनमा सहभागिहरूले मन्त्री किरातीको राजीनामा माग गरेको प्लेकार्ड बोकेका थिए । बिरोध र्याली बानेश्वर्मा पुगेर कोण सभा गरेको थियो ।
केही दिन पहिले काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले क्रिष्टियन धर्म नमान्नेहरू संविधान विरोधी भएको अभिव्यक्ति दिएका थिए पछि उनको अभिव्यक्तिको चर्को आलोचना भएको हो ।


0 comment