दिपक श्रेष्ठ,

काठमाडौं –  जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी गर्ने एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका-८ बस्ने बर्ष १८ काअबिनाश थापा मगर रहेका छन ।

मगरले पोखरा महानगरपालिका -७ मुस्ताङ्ग चोकको भित्री सडक खण्डमा पार्किङ्ग गरि राखेको ग १५प२५१९ नम्बरको स्कुटर चोरी गरेको थियो ।

चोरि गरेको स्कुटर चलाइ रहेको अवस्थामा प्रहरीले मगरलाइ नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका मगरलाइ कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ चोरी डाका मुद्धामा स्नुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले जानकारी दिनु भयो ।