सम्सेर कार्की

सिन्धुपाल्चोक – आजका बालबालिकाहरु नै भोलीका देशका कर्णधार हुन् । देशको नीति निर्माण तहमा पुग्ने पनि वर्तमानकै बालबालिका हुन् । डाक्टर, इन्जिनीयर, पायलट, बैज्ञानिक, अर्थशास्त्री, शिक्षक, नेता बन्ने पनि अहिलेका बालबालिका नै हुन् । अहिलेको युवा शक्ति युद्ध भएपछि देशको समृद्धिको जिम्मेबारी आजका बालबालिकाकै काँधमा आउँछ । त्यसैले अहिलेका बालबालिकालाई शिक्षित दीक्षित बनाउनु सबैको कर्तव्य हो । 


हाम्रो मुलुकमा विद्यालय जाने बालबालिकाको संख्या उल्लेख्य भएपनि कतिपय स्थानमा बालबालिका विद्यालय जान समेत मान्दैनन् । यस्तो अवस्था पछाडी जिल्ला सिन्धुपाल्चोकमा पनि छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ०३ मा अवस्थित महेन्द्र कान्ति माध्यमिक विद्यालयमा कल्लाबारी लगायतका कक्षा ६ भन्दा माथि मढ्ने बालबालिका विद्यालय जान मान्दैनन् । कक्षा ९ र १० मा पढ्ने भाइबहिनीहरु विद्यालय जान हिच्किचाईरहेका हुन्छन् । उनीहरुलाई विद्यालय जान बलेफी चौकीमा इन्चार्ज हरिशरण बस्नेतले अभिप्रेरित गर्ने काम गरिरहनु भएको छ । यो प्रशंसनीय कार्यले प्रहरी जनताका साथी रहेको प्रष्ट पार्छ ।