काठमाडौँ – दुबईबाट अवैधरुपमा ल्याइएको साढे ६ किलो सुन शनिवार राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।
‘शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि उनलाई पक्राउ गरिएको’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पनि पक्राउ परेका छन् ।
दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका इजिप्सयन नागरिकले ६ किलो ५९० ग्राम सुन पाउडर बनाएर भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको हो । विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा प्रहरी र भन्सारको संयुक्त टोलीले लासिमलाई नियन्त्रणमा लिएको थियो ।


0 comment