दिपक श्रेष्ठ,

काठमाडौं – प्रहरी बृत जनसेवाले बिशालबजार स्थित रिद्धी सिद्धि जेवलर्सका सन्चालक तथा विशाल बजार कम्पनी का अध्यक्ष नरेन्द्र कुमार गुप्तालाइ ज्यानमार्ने धम्की दिनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कालिकोट घर भएका मनिराम कोइराला रहेको छ ।

कोइराला बिशालबजारमा २ वटा पसल सन्चालन गरेर मुगा र मोति बिक्री गर्दै आइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका कोइरालाको पसलमा अनुगमनको लागि गएका गुप्ताले प्यान बिल भएको नभएको र कोइरालाले बिक्री गर्दै आएको मुगा र मोति कसरी निर्यात  भैरहेको छ  भन्ने प्रश्न गर्दा पसल सन्चालक कोइरालाले ज्यानमार्ने धम्किदिदै गाली गलौज गर्दै आक्रमण गरेको पिडित गुप्ताले बताउनु हुन्छ ।

प्रहरीले मनिराम कोइराला माथी अभद्र ब्यबहार मुद्दामा म्याद थपेर अनुसन्धान गर्ने  उपत्यका प्रहरी कार्यालयका नायब महानिरीक्षक लालमणी आचार्यले बताउनु भयो।

पक्राउ परेका कोइराला माथी कर छली र ग्राहकलाइ नक्कली मोति र मुगालाइ सक्कली भने झुक्यानमा पारे बेच्दै आएको सुचना पाए पछि अनुगमन गर्न पुगेका गुप्ताले कोइराला माथी राजश्व छली र ग्राहक माथि ठगी गरेको बारेमा पनि छनबिन गर्नु पर्ने अध्यक्ष  नरेन्द्र कुमार गुप्ता बताउनु हुन्छ ।