काठमाण्डौ – काठमाण्डौ वस्ने धरानेहरुलाई वगैचा वनाउन पशुपति विकास कोषले प्रदान गरेको पशुपतीनाथ परिसरको जमिनमा संस्कृति, पर्यटन तथा नागरीक उड्रयायन मन्त्री सुदन किरांतिले विजयपुर वाट लगिएको वांस, रुद्राक्ष, वेल, सालका विरुवाहरु रोपण गरेर उद्घाटन गरेका थिए ।
आज रोपण गरिएका विरुवाहरु धरान वार्ड नं १४ का वडा कार्यालयले संकलन गरी वडाध्यक्ष कृष्ण भटराईले काठमाण्डौ पठाएका थिए । ४ प्रजातिका वासका विरुवाहरु भने ओशो आश्रम धरान सर्दु खोलाबाट ल्याईएको थियो । वृक्षारोपण कार्यकममा मन्त्री किरांती आफैले खाडल खनेर विरुवाहरु रोपण गर्दा विजयपुर निवासी सरोज खनालले स्वस्तीशान्ती मन्त्रोचारण गर्दै सबैले धुपदिप गरेर वगैचा निर्माणको शुभारम्भ गरेका थिए ।

रुद्राक्षरण्य धरान वाटिक नाम दिईएको सो वगैचाको वरिपरी विभिन्न जातका वाँस रोपेर वासको जैविक म्युजियम र विच भागमा दन्तकाली, पिण्डेश्वर, वुढासुव्वा, पन्चकन्या, वराहक्षेत्रको मन्दिरहरुको रुप झल्कने टोपरीया शैलीमा जैविक मन्दिर वनाईने योजना रहेको कुरा सो वगैचा निर्माणका परीकल्पनाकार तथा वातावरण पत्रकार आनन्द श्रेष्ठले जानकारी गराएका थिए । चारमहिना भित्र एउटा सुन्दर र अरु भन्दा भिन्न विशेषतको वगैचा वनाउन धरानको एक कनसल्टेन्सीले नापजांच गरी डिपिआरको काम गरीरहेको उनले वताए । उद्घाटन पश्चात आफनो मन्तव्य दिनु हुदै मन्त्री किरांतीले अवको धार्मिक स्थलहरुमा धर्म र प्रकृतिलाई जोडने प्रयास गर्नु पर्छ, जसको लागी यो वगैचा उदाहरणीय वन्न सकोस् भन्ने शुभ कामना दिएका थिए ।
सो कार्यक्रममा धरान उपमहानगर पालिकाका उपमेयर अईन्द्र विक्रम वेघा, प्रदेश नं १ की पुर्वउपसभामुख सरस्वती पोख्रेल,वरीष्ट गायक तथा संगीतकार दिप श्रेष्ठ, पशुपति विकाश कोषका सदस्य सचिव डा मिलन कुमार थापा,धरान महिला संन्जालकी पुर्व अध्यक्ष चेतना श्रेंग, व्यापारी देवेन्द्र वजगाई, ओम श्रेष्ठ लगायत धरानका लव्धप्रतिष्ठित व्यक्तिहरुले पनि वृक्षरोपण गरेका थिए । धरानेहरुले जहिले पनि नौलो नौलो काम गरेर सवैमा उदाहरीय वन्ने गरेकोमा प्रसंसा गर्दै यो वगैचाले पनि अव धरानेहरुको नाम राख्ने कुरामा आफु विश्वस्त रहेको प्रदेश नं १ की पुर्व उपसभामुख सरस्वती पोख्रेलले वताईन् । पशुपतिनाथ मन्दिर जस्तो पवित्र तीर्थस्थलमा अध्यात्मिक वगैचा वनाउने अवसर पाउनु धरानेहरुको लागी अर्को गौरवको विषय भएकोले यसको निर्माणको लागी हामी धरान भित्र वाहिर वस्ने सवै धरानेहरुले जुटनु पर्ने धरानका उपप्रमुख वेघाले वताए । अव यो वगैचा निर्माणको लागी धरान सरोकार मन्च काठमाण्डौले पनि पहल लिने कुरा मन्चका महासचिव सरोज खनालले बताए ।
गौशाला चोक देखि प्रहरी चौकि हुदै पशुपति मन्दिर जाने वाटैमा पर्ने झण्डै एक विगाह जमिनमा फैलिएको पक्कि पर्खाल सहितको सो स्थानमा सुरक्षाको लागी पर्यटक प्रहरी चौकि पनि रहेको छ । सफा पशुपती सुरन्द पशुपति भन्ने नारा दिएर मन्त्री सुदन किरांती ले ३ महिना पशुपति नाथ मन्दिर परीसर सफाई अभियान चलाए पछि पशुपतिनाथ परीसरका रहेका अन्य खाली जमिनहरुलाई पनि वगैचा वनाउन विभिन्न सामाजिक संघसंस्थालाई प्रस्ताव आव्हान गरीएको थियो । सोहि प्रस्ताव अनुसार धरान वाहिरका धरानेहरुको नाममा हालिएको प्रस्ताव लाई कोषले शर्त सहित वगैचा वनाउन स्विकृत दिएको कुरा हाल काठमाण्डौ वस्दै आएका रंगकर्मी तथा पहलकर्ता राजेन्द्र रीमालले वताए ।



0 comment