काठमाडौं – जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध २२ ग्राम ५६० मिलिग्रम सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका १५ बस्ने वर्ष अन्दाजी २४ को निरज कुमार थारु रहेका छन् ।
जिल्ला बर्दिया बढैयाताल गाउँपालिका ०७ भत्केको पुल नजिक भे.३.प. २६९६ नम्बरको मोटरसाईकलमा भारत बाट नेपाल तर्फ आउँदै गरेको थारुलाइ लागु औषध ब्राउन सुगर सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख सुधिर राज शाहीले जानकारी दिनु भयो । यसगरी यस जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका(०२ फुटाहा स्थित प्रदेश ०३.०१५ प.००९४ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउँदै गरेका ३ जनालाइ १ ग्राम ५३० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया जिल्लाबढैयाताल गाउँपालिका ०१ बस्ने वर्ष अन्दाजी २२ को रवी रसाईली सोही ठाउँ बस्ने वर्ष अन्दाजी २४ को कमल खड्का, सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका १० बस्ने वर्ष अन्दाजी ५० को रेशम बहादुर कार्की रहेका छन ।पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


0 comment