काठमाडौं – करिव १ हजार ३ सय मिटरभन्दा माथि उचाईमा रहेको छ । संवेदनशिल भूवनौट रहेको यस उपत्यकामा करीब ५० लाख जति मानिसको बसोवास रहेको अनुमान छ । यहाँ चल्ने सवारी साधनको संख्या करिव १५ लाखको हाराहारीमा रहेका छन् । निर्वाध सञ्चालित पुराना सवारी साधन, इँटाभट्टाको धुलोधुँवा, अव्यवस्थित सहरीकरण, निर्माणक्रममा लामो समयसम्म रहेने सडक, यत्रतत्र थुपारिएका फोहरमैला उपत्यकामा वायु प्रदुषण वढाउन जिम्मेवार छन् । वातावरण विभागको एक अध्ययनले काठमाडौं उपत्यकाको वायु प्रदुषणमा मूलतः ४० प्रतिशत सवारीसाधन, १८ प्रतिशत कृषि तथा कृषिजन्य वस्तुबाट निस्कने धुलोधुँवा र ११ प्रतिशत ईट्टाभट्टा जिम्मेवार देखाएको छ ।
नेसनल एटमस्फेरिक रिसोर्स एण्ड इन्भारन्मेन्टल रिसर्च लेवोरेटोरी (नारेल) कीर्तिपुरको एक अध्ययनं अनुसार काठमान्डौ उपत्यकावाट दैनिक रुपमा त्वए १६१.६ टन, नाईट्रोजनडाईअक्साइड ४३.३ टन, कार्बनमोनोअक्साइड ८४०.९ टन प्रदूषक वायुमण्डलमा उत्सर्जन हुने गरेको छ । काठमाण्डौको हावामा पीएम १० भन्दा हानिकारक मसिना पीएम २.५ नामका धूलोका कण अत्यधिक रहेको पाईएको छ । अत्यान्तै मसिना धुलाकायी कणहरु सजिलैसँग मानिसको फोक्सो र मुटुसम्म पुग्न सक्छन् जो क्यान्सर मुटु र रक्तनलीसम्बन्धी रोगका कारण वनिरहेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पीएम २.५ को मात्रा प्रतिघनमिटरहावामा २५ माइक्रोग्राम (२४ घण्टामा) मापदण्ड तोकेको छ। पीएम २.५ को मात्रा प्रतिघनमिटरहावामा ४० माइक्रोग्राम नेपाल सरकाको मापदण्ड छ । काठमाडौं उपत्यकाका ६ स्थानमा राखिएका वायु प्रदुषण मापक यन्त्रहरुमध्ये काठमाण्डौको रत्नपार्कमा राखिएको यन्त्रले पछिल्ला दिनहरुमा हावामा धुलोको कण र सिसाको औसत मात्रा १४० माइक्रोमिटर र २३० टिएसपी हुनु पर्नेमा अहिले ४०० भन्दा वढी देखाउने गरेको छ । वायु प्रदूषणको यो स्तर सरकार आफैँले तोकेको मापदण्डभन्दा अत्याधिक बढी हो । काठमाण्डौ उपत्यकामा डब्लूएचओको मापदण्डभन्दा छ गुणा बढीसम्म यस्ता धुलाका कणको मात्रा रेकर्ड भएको तथ्यांक छ । विभिन्न अध्ययनहरुले काठमाण्डौ उपत्यकलाई विश्वका वायु प्रदूषित सहरहरुमध्ये अग्र स्थानमा रहेको देखाएका छन् । हालै स्विजरल्यान्ढका वैज्ञानिकहरूको एक समूहले विश्वका प्रदूषित ३० सहरमा गरेको अध्ययनले काठमाण्डौ उपत्यकालाई सातौ प्रदूषित सहरको रुपमा देखाएको छ, ।


0 comment