सम्सेर कार्की,
सिन्धुपाल्चोक – नेताहरुले गाउँ गाउँ सिहदरबार त पुर्याउने भने पनि आफै भ्रष्टचारको चंचुलबाट बाहिर निस्कन सकिरहेका छैनन् । राजनीतिलाई सेवा गर्ने सबैभन्दा राम्रो माध्यम भनेर भन्ने गरिन्छ । तर नेपालमा नेताहरुले राजनीतिलाई ब्यापार बनाएका छन् । त्यो पनि यस्तो व्यापार जसमा लगानी गर्नु पर्दैन र फाइदा पनि सबैभन्दा धेरै हुने गर्दछ । नेताहरुको मनपरितन्त्र र पार्टीका कर्मचारीहरुले नै देशलाई विगेराका छन् भन्दा फरक नपार्ला ।
जनताहरुले चुनेर पठाएको जनप्रतिनिधि र पार्टीका झोले कर्मचारीहरुले आफ्नो मनमानी गरिरहेको यत्रातत्र देखिन्छ । यसकै एक उदाहरण हो सिन्धुपाल्चोक जिल्लामा अवस्थित बलेफी गाउँपालिका । बलेफी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीहरु ११ बजिसक्दा पनि कार्यालयमा उपस्थित भएका हुँदैनन् । ५० प्रतिशत कर्मचारीहरु त कार्यालयमा उपस्थिती नै जनाउँदैनन् भने कार्यालयमा उपस्ति भएका कर्मचारीहरुले पनि एक एर्काको बचाउ गरिरहेका हुन्छन् ।
उनीहरुसँग सोध्दा कोही खाना खान भएको त कोहि आउँदै गरेको भनेर तार्न खोज्छन् । गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरु ५० प्रतिशत मात्र समयमा आउने गरेका छन् । यी ईमान्दार कर्मचारीलाई खै कार्यकारी भनेर सोध्दा तालिमका लागि जानु भएको छ भनीरहका हुन्छन् । कार्यकारीलाई कैयो कल गर्दा फोन त उठाउनु भयो र उहाँलाई सोध्दा कुनै तालिममा नरहेको बताए ।
एक अर्काको बचाउमा लागिरहेका कर्मचारीहरु बरु समयमै कार्यालयमा उपस्थित हुन सके देश विकासमा ठूलो सहयोग हुने थियो ।


0 comment