सम्सेर कार्की,

सिन्धुपाल्चोक – चुनावको बेला जनताहरुलाई विकासको आश देखाएर त्यहि आश अर्को चुनावको लागि देखाउने नेपाली नेताहरुको प्रवृत्ति नै बनिसकेको छ । माओबादी नेता तथा पूर्वसभामुख समेतरहेका अग्नि प्रसाद सापकोटाले यस क्षेत्रको लामो समयसम्म प्रतिनिधित्व गरे ता पनि उनले सडक निर्माण गरि स्थानिय जनजिवनलाई सहज बनाउने बारे कहिल्यै सोचेनन् । 

खाल्डाखुल्डी बाटोका कारण गाडीहरु दुर्घटना भई कैयौले ज्यान गुमाईसकेका छन् ।  सिन्धुपाल्चोक चौतारा सागाचोकगढी नगरपालिका वडा नं. ९ मा अवस्थित श्री कालीदेवी माध्यमिक स्कुलको बसको स्थिति पनि त्यस्तै छ । घरजाने क्रममा बसबाट झरेर छात्रहरुले रोडमा ढुङ्गा पन्छाउदै खाल्डाखुल्डी पुर्दै स्कुल बस अघि बढाउदै घर जान बाध्य छन् । कदम्वासबाट भैसे लप्से सिरान चौर जाने बिधार्थीहरु यसरी नै जोखिम मलेर नै हिडन बाध्यता भएका छन् ।

विकास निर्माणका लागि बाटोहरु बनाउँनकै लागि नगरपालिकाले जनताहरुको लाखौ रुपैया खर्चेर डोजर किनेको छ । तर जनताका छोरा छोरीले त्यस्तो जोखिमपुर्ण बाटोमा यात्रा गर्दा पनि नगरपालिकाका जनप्रतिनिधिहरुले  देखे नि नदेखे जस्तै गरेर हिड्छन। जनताका दुःखहरुलाई सम्बोधन गर्नु राजनीतिको उद्देश्य हुनु पर्ने हो । तर सधै हिडिरहने मोटरबाटो राम्रोसँग नबनाइ दिनाले धुलाम्मे सडकका कारण यहाँका नागरिकहरुको स्वास्थ्यलाई समेत गम्भिर असर पुर्‍याइरहेको छ ।