काठमाडौं – दुर्गा प्रसाईंले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ ले मंसिर ७ गतेदेखि व्यवस्था विरोधी प्रदर्शन गरिरहेको छ ।
प्रसाईंको नेतृत्वमा आन्दोलनकारीहरुले आज आन्दोलनको पाँचोदिन सोमबार गौशालामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनस्थलमा धर्मगुरु आचार्य श्रीनिवास सहित विभिन्न धार्मिक संगठनका व्यक्तिहरुको समेत उपस्थिति भएको थिए । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको छ ।
प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।
प्रदर्शनकारीले तोडफोड र ढुंगा हान्न तथा सडक अबरुद्ध पार्न खोजेको भन्दै प्रहरीले लाठी चार्ज गरेको थियो ।


0 comment