सम्सेर क्षेत्री,
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा रहेको बलेफी माध्यमिक विद्यालयमा कायरत सहायक प्रधानाध्यापक श्री दीपक नेपालले आफ्नो जन्मदिनको अवसरमा विध्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई उपहार प्रदान गरि नयाँ चलनको शुरुवात गरेका छन् । उनले आफ्नो जन्मदिनमा अनावश्यक मदिरा पार्टि गरि पैसा सक्नु भन्दा आफ्नै विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो टोपी देखि डड्पेन मायाको चिनो स्वरुप उपहार प्रदान गर्दै आफ्नो जन्मोत्सव मनाएका छन् । उनले बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई न्यानो टोपी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई डड्पेन मायाको चिनो उपहार दिएका थिए ।
जन्मदिनको नाममा आजभोली जलनचल्तीमा रहेको मदिरा पार्टी गरी अनावश्यक रकम खर्चिनु भन्दा दिपक नेपालले गरे जस्तै आफ्नै साथी भाई, विद्यार्थीहरुलाई सामान्य भए पनि उपहार दिदै जन्मदिन मनाउनु आजको आवश्यकता रहेको छ ।


0 comment