काठमाडौं - उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।
उदयपुरको अधेँरी झर्ना नजिकै दुर्घटनामा परी उदयपुरगढी गाउँपालिका-७ स्थित अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बसका चालक त्रियुगा नगरपालिका-५ का ४० वर्षीय भिखन चौधरीसहित बसमा सवार त्रियुगा नगरपालिका-६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ। बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
उनीहरू शनिबार पिकनिक खाएर फर्कदै गरेका थिए।
चालकले स्कुल बस गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चौधरीले जानकारी दिए।


0 comment