काठमाडौं – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ का अभियन्ता दुर्गा प्रसाईको समूहले बल्खुमा बृहत् प्रदर्शन गरेको छ। हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागसहित प्रसाई समूहले विरोध प्रदर्शन गरेको हो।
कार्यक्रममा प्रसाईले सम्बोधन गरेलगत्तै सिंहदरवार घेर्न भन्दै बल्खुबाट कालिमाटीतिर जाने क्रममा प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरिएको थियो भने स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरासमेत हानेको छ।
त्यस्तै काठमाडौँको तीनकुनेमा नेकपा एमाले निकट युवा संघले पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । युवा संघका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा युवसंघ र महाअभियानका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।


0 comment