काठमाडौं – विश्वमै हाल सम्मको सवैभन्दा अग्लो पेगोडा शैलीको ‘टियान्निङ बौद्ध स्तुपा’ हालै चीनको जियाङसु प्रान्तको चाङझोउ शाहरमा निर्माण सम्पन्न भएको छ । तेह्रतले जेन बौद्ध प्यागोडाको उचाई १५३७९ मिटर छ । यो बर्माको शेवेडागोन पायाभन्दा ७.२ मि. बढी उचाईको छ ।
सन् २००२ को अप्रिल देखि निर्माण कार्य शुरु भएको यो स्तुपा झण्डै चार करोड अमेरीकी डलरमा निर्माण सम्पन्न भएको हो । उक्त स्तुपाको क्षेत्रफल २७ हजार वर्ग मिटरमा फैलिएको छ । वर्मा र पपुवान्युगिनीबाट ल्याइएका असल जातका काठ प्रयोग गरी निर्माण भएको यो स्तुपाको छानामा मात्रै ७५ टन सून र पित्तलको धातु प्रयोग गरिएको छ । स्तुपाको तेह्रौ तलामा ३० हजार कि.ग्रां तौलको विशाल तामाको घण्ट रहेको छ । उक्त घण्टबाट निस्केको बिशाल ध्वनी ५ कि.मि. टाडासम्म सुन्न सकिन्छ ।
ताङ बंशको ४ वटा जेन बौद्ध स्तुपा मध्ये टियान्निङ बौद्ध स्तुपा एक हो । पटक पटक ध्वस्त भएको यो स्तुपा १ हजार ३५० वर्षको अवधीमा ५ पटक पुनः निर्माण गरिएको थियो । त्यस स्तुपाका मुख्य पुजारी सोङ चुनले लामो समयदेखि उक्त स्तुपा पुननिर्माण गर्ने इच्छागरी एक दशक भन्दा बढी समयसम्म चन्दा उठाई आर्थिक कोष संकलन गर्नु भएको थियो । चाङझोउ शहरको ख्याति यो बौद्ध स्तुपाको साथै प्राचीन विशाल नहर, डाईनासोरपार्कमा रहेको डाईनासोरको हड्डी तथा जीवाशेष समेत चीनमा प्रख्यात छन् ।


0 comment