काठमाडौं – तिहारको मुखमै कञ्चनपुरमा एक दम्पती झुन्डिएको अवस्थामा फेला परेका छन्। लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाशबहादुर डाँगीका अनुसार आइतबार बिहान घरको धुरीमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो । ‘घटनास्थलसहित दुवै पक्षका आफन्तलाई बोलाएका छौँ, घटनाबारे थप अनुसन्धान भइरहेको छ’ उनले भने ।
उनीहरूले तीन वर्षीया छोरीलाई टुहुरो बनाएर छाडेका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको खास कारण शवको पोस्टमार्टम गरेपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ।


0 comment