काठमाडौं – सन् १९५० को सन्धिपछि भारतले नेपालको आन्तरिक राजनीतिमा समेत हस्ताक्षेप सुरु गर्‍यो । हरेक क्याविनेट बैठकमा भारतीय राजदुतको भौतिक उपस्थिति हुनथाल्यो । राजा त्रिभुवनका स्वकीय सचिब समेत भारतीय नै भए । सन् १९६५ को हतियार खरिद सम्बन्धी पत्राचारले त नेपालको प्रतिरक्षालाई भारतनिर्भर बनाइदियो ।

राजा बीरेन्द्रले चीनबाट एन्टिएयरक्राफ्ट गन खरिद गर्दा यही सन्धि देखाएर तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गन्धिले नेपालमाथि नाकाबन्दी नै लगाए । १९५० कै सन्धिलाई टेकेर नेहरुले भारत हिमालयसम्म आफ्नो सीमा ठान्छ भनेर लोकसभा बैठकमा भाषण ठोक्नपछि परेनन् । भारतले नेपालको सुरक्षा र परराष्ट्रको व्यवस्थापन गर्न खोज्नुमा पनि यही सन्धिले बल पुर्‍याएको छ ।

जनआन्दोलन ०६१/०६२ उत्कर्षमा पुगेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहका विशेष दुतका रुपमा करणसिंह काठमाडौं आएर सुरक्षा र परराष्ट्र मामिला भारतलाई जिम्म दिएर राजतन्त्र कायम रहने सन्देश राजा ज्ञानेन्द्रलार्य दिएका थिए । राजा ज्ञानेन्द्रले राजगद्दी छोडे तर नेपाललाई भुटान बनाउने भारतीय प्रस्ताब स्वीकार गरेनन् । 

सन् १९५० को सन्धिको धारा–१ मा भनिएको छ । नेपाल र भारत एक अर्काको पुर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान गर्छ । तर व्यवहारमा भारतले नेपालको क्षेत्रीय अखण्डतामाथि धावा बोलिरहेको छ । कालापानी क्षेत्रमा भारतीय सेनाले परेड खेलिरहेका छन् । सुस्ता लिईसक्न लगेको छ । सुदुरपूर्वका झापा, इलाम देखि सुदुरपश्चिम दार्चुलासम्म भारतले नेपाली भूमि हड्पेको छ ।

अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै सीमा क्षेत्रको दशगजा मिचेर अग्ला बाँध र सडकहरु निर्माण गरेको छ । भारत यही धारा १ हटाएर नेपालको प्रभुसत्ता र स्वतन्त्रता माथि बलात्कार गर्ने जूनुन पालिरहेको छ । सन्धिको धारा ८ ले सन् १९५० अघिका नेपाल व्रिटेन भारतबीच भएका सन्धि सम्झौताहरुलाई खारेज गरेको छ । यस अनुसार सन १८१६ को सुगौली सन्धि स्वतः निस्क्रिय हुन्छ र नेपाको राज्यसीमा पूर्वमा टिष्टा र पश्चिममा कांगडा कायम हुन्छ । भारत १९५० को सन्धिको धारा ८ पुनरावलोकनमा यसलाई हटाउन खोजिरहेको छ । धारा–८ हटाएर ग्रेटर नेपालको मुद्धालाई किनारा लगाउने भारतीय सजिसका कारण पनि भारतले इपीजी प्रतिबेदन बुझ्न मानिरहेको छैन ।