काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा सेप्टेम्बर ९ र १० मा आयोजित जी २० शिखर सम्मेलन जी २० लिडर्स घोषणापत्र जारी गर्दै अत्य भएको छ । शिखर सम्मेलनमा सदस्य राष्ट्रहरु भारत, अर्जेन्टिना, अस्टे«लिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इण्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेविया, दक्षिण अफ्रिका, बेलायत, अमेरिक र युरोपेली युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलन आयोजना गरेर भारतले अन्तर्राराष्ट्रिय जगतमा आफु उदयीमान विकसित राष्ट्ररहेको सन्देश प्रवाह गर्न खोजेको छ । गरिबी, बेरोजगारी र भोकमरीलाई लुकाएर जसरी भारतले समृद्धिको शान प्रदर्शन गर्न खोज्यो त्यो भने विश्व जगतको नजरबाट सायद छिपेको छैन । 

एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा निरपेक्ष गरिबीको रेखामुनि रहनेको जनसंख्या ठूलो छ । धनि र गरिब बीचको खाडल भारतमा झन् झन् गहिरिदै छ । सिमित धनाढ्यहरुसँग ६५ प्रतिशत भन्दा बढी जमिनरहेको छ । विदेशी बैंकमा कालो धन थुपार्ने व्यपारीहरुले भारतीय अर्थतन्त्रमा भ्वाङ पारिसकेका छन् । युवा बेरोजगारी दर कहालि लाग्दो छ । भारतीय युवाहरु खाडीमुलुकहरुमा ५०–६० डिग्री सेल्सियस तापमानमा पिल्सन बाध्य छन् । भारतीय माग्नेहरुको संख्यामा दिनानुदिन बढोत्तरी भैरहेको छ । भारतीय माग्नेहरु जोगीदेखि अपंगता भएका र गरिबीले अक्रान्त भएकाहरु भारतमा मात्र सिमित छैनन् । तिनीहरु खुला सिमाको फाइदा उठाएर नेपालभित्र छ्यापछ्याप्ती छन् । यसले भारतीय अर्थराजनीतिको चेहरालाई छर्लङ्ग पारिरहेको छ । सामाजिक असमानता, बिभेद, संस्कृतिक मनमुताब र अत्यासलाग्दो गरिबी, अभाव र दरिद्रताले भारतीय जनजीवन निकै कष्टपूर्ण बनेको छ । 

जी–२० शिखर सम्मेलनमा भाग लिन आएका विदेशी पाहुनाहरुलाई आफ्नो गरिबी लुकाउन मोदी सरकारले जुन अमानवीय हर्कतहरु गर्‍यो, त्यसलाई अन्तराष्ट्रिय संचार माध्यमहरुले समेत निन्दा गरेका छन् । जी–२० सम्मेलनका लागि भनेर दिल्लीमा भएका दर्जनौ झुपडबस्तीहरु पुर्ण रुपमा नष्ट बनाइएको फ्रेन्च पत्रिका ‘ल मोन्ड’ ले अधिकारीहरुलाई उद्धत गर्दै लेखेको छ । बस्ती भत्काउन त्यहाँ बसोबास गर्दै आएका लाख भन्दा बढी बासिन्दाहरुलाई कुनै बैकल्पिक आवास अदिएकाले उनीहरु घरबार बिहिन हुन पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बिदेशी पाहुनबाट गरिबी लुकाउने प्रयास गरेको यो पहिलो चोटी भने होइन । सन् २०२० मा मोदीले उनको गृहराज्य गुजरातको राजधानी अहमदाबादमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का लागि बिशेष कार्यक्रम आयोजना गरेका थिए । त्यतिबेला पनि ट्रम्प बिमानस्थल कार्यक्रमस्थलसम्म पुग्ने सडक छेउका विपन्न बस्ती लुकाउन अग्ला पर्खाल बनाएका थिए ।

‘मेरो गृह नगर दिल्लीले जी–२० मा विश्व नेताहरुलाई स्वागत गर्नका लागि ती नेताहरुको नजरबाट श्रमजीबी विपन्नलाई मेटाउने प्रयास गरेको छ । यसका लागि ठूलो स्तरमा विपन्न श्रमिकको झुपडीबस्ती नष्ट गरिए । हटाउन नसकेका बस्तीलाई हरियो प्रदा लगाएर छोपिएको छ । विपन्न श्रमिककै हातले शहर बन्छन् । श्रमजीबीहरु देखाउन मात्र लााज मान्ने मेरो देशको सरकारलाई देखेर म लज्जित भएको छु ।’ विपन्न उत्थानका लागि काम गर्ने मानव अधिकारकर्मी हर्ष मन्डल भन्छन् । जी–२० सम्मेलन हुने खबरले नयाँ दिल्लीको जनता क्याम्प क्षेत्रका बासिन्दा निकै खुसी देखिन्थे । सम्मेलनले उनीहरुको दुखलाई पनि छुने आशा गरेको गिए । उनीहरु बसेको बस्ती ५०० मिटरको दुरीमा सम्मेलन जो हुदै थियो तर उनीहरु आफ्ना घरबाटै लखेटिए । यस्तो होला भनेर उनीहरुले कहिल्यै सोचेका थिएनन् । शिखर सम्मेलन केन्द्रित सौन्दर्यीकरणका लागि बस्ती भत्काउने सूचना बाहिरिए पछि केहि झुपडबस्तीका बासिन्दाले उच्च अदालतको ढोका ढकढक्याए । तर अदालतले बस्ती अबैध भएको फैसला गरिदिए । झुपडबस्तीका बासिन्दाले न्ययालयबाट समेत न्याय पाएनन् । त्यसपछि शहरका अधिकारीले बस्तीमा बसोबास गर्नेहरुलाई बस्ती खाली गराउन आदेश दिए । बसोबासको विकल्प नै नदिइ सरकारले बस्ती सखाप परिदियो । शहर बाहिरबाट राजधानी नयाँ दिल्लीमा कामको खोजीमा आउने विपन्न श्रमिकको आश्रय स्थलरहेको जनता क्याम्प जस्तै झुपडबस्तीले दशकौको समयमा आकार लिएका थिए । ती बस्तीमा बस्ने प्राय बासिन्दा नजिकैको निर्माण स्थलमा काम गर्छन् । तिनीहरुका आश्रय स्थल जस्ताले बेरेका साना घरहरु नै थिए । बस्ती भत्कइए संगै बस्तीमा बसोबास गर्नेहरुको दिल्ली बसाई अनिश्चित भएको छ । दिल्लीका शहरभित्रका बस्तीहरुमा एक करोड ३५ लाख मानिसहरु बसोबास गर्ने केन्द्रिय आवास मन्त्रालयको तथ्यांक छ । 

नयाँ दिल्ली विश्वकै प्रदुषित शहरहरुमध्ये पर्छ । धुलोहरु हताउन छिनछिनमा पानीको प्रयोग गरियो । अस्तव्यवस्त शहरको फोहोर उठाइयो । सडक किनारमा बिरुवाहरु रोपेर माहानगरको सौन्दर्यीकरण गरियो, विदेशी पाहुनाहरुलाई देखाउन भएपनि यसो गरिनु पर्यावरणिय दृष्टिले उचितै कार्य हो । तर सडकमा बिचलन गर्ने हजारौ कुकुरहरुलाई मारिनु पशुअधिकार विपरितको कार्य हो । पशुअधिकारकर्मीहरुले सरकारको कुकुर हिंसाको तिब्र विरोध गरेका छन् । बाटोमा माग्ने भिखारीहरुलाई अपंगता भएर सडक पेटीमा हात पसारिरहेका विवस मानिसहरुलाई समेत समातेर थुन्नु मोदी सरकारको घृणित अमानवीय कृत हो । भारत मगन्तेहरुको देश होइन, यहाँ गरिबहरु छैनन्, सबै जनता समृद्ध छन् भनेर जतिलुकाउन खोजेपनि भारतको गरिबी बारे विश्व बेखबर छैन । विश्वका प्रायसः सबै मुलुकहरुमा भारतीय कामदारहरु पुगेका छन् । यदि देश सम्पन्न हुन्थ्यो भने बैदेशिक रोजगारीका लागि भारतीयहरु किन बिदेशी मुलुकका श्रमबजारमा श्रम बेच्न बाध्य हुन्थे ? भारतीय जनता बिहान बेलुका हातमुख जोर्न नपाएर आक्रन्त छन् । तर मोदी सरकार भने चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गराएकोमा गौरवान्वित छ । देशका जनताको पिडालाई सम्बोधन गर्नुको सट्टा चन्द्रमाको दक्षिणी धु्रवमा अन्तरिक्षयान अवतरण गराउने भारत विश्वकै पहिलो देश भनेर मोदी सरकारले गर्व गर्नुको कुनै अर्थ छैन ।