काठमाडौं – ट्राफिकले लाइसेन्स चेक गर्दा भौतिक लाइसेन्स देखाउनु पर्ने बाध्यता हटेको छ । नागरिक एप मार्फत नै लाइसेन्स देखाउन मिल्ने सुविधा दिएसँगै लाइसेन्स बोक्नु सर्ने झन्झटको अन्त्य भएको हो ।
सरकारले नागरिक एपको फेसबुक पेजमार्फत् सूचना जारी गर्दै अब ट्राफिक चेकिङका क्रममा नागरिक एपमा देखाएको सवारी चालक अनुपति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको जनाएको हो । एपमा ड्राइभिङ लाइसेन्स (अनुमति चालक पत्र) लिंक नगरेकाहरुले भने यो सुविधा प्रयोग गर्न पाउने छैनन् ।
नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ, सूचनामा भनिएको छ । ‘यदि नागरिक एपमा तपाईंको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।’
यो व्यवस्थासँगै ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मोबाइलबाटै देखाइने लाइसेन्सले मान्यता पाउने भएको छ। ट्राफिक नियम मिचेको अवस्थामा भने चिट काट्नका लागि ट्राफिक प्रहरीले लाइसेन्स वा ब्लुबुक राख्ने गरेको छ।


0 comment