काठमाडौं - राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्पको केन्द्रविन्दु धादिङ भएको जनाएको छ ।

केन्द्रका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । पटक-पटक चार रिक्टरस्केल भन्दामाथिका भूकम्पका परकम्प गएका कारण मानिसहरू घर बाहिर बसेका छन् ।