काठमाडौं । विशाल नेपाल महाअभियानले नेपालीहरूको महान पर्व विजया दशमीको अवसर पारेर विहीबार शुभकामना तथा सरसफाइ र्यालीको आयोजना गर्यो । मध्य बानेश्वरबाट बिहान ८ः४५ मा शुरु भएको उक्त र्याली रत्नराज्य विद्यालय, भेनस अस्पताल, पिपलबोट, बानेश्वर हाइट, सेतोपुल, मैतिदेवी चोक, पिपलबोट डिल्लीबजार, खसीचोक घट्टेकुलो, देवीनगर, थापागाउँ हुँदै पुनः मध्य बानेश्वरमा आई सम्पन्न भएको थियो ।
र्याली पछि आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न वक्ताहरूले विजया दशमीको शुभकामनासँगै देशको राजनीतिमा भएको विसंगति, राष्ट्रघात, भ्रष्टाचार, पर्यावरणवैरी कार्यहरू र राजनीतिको अपराधिकरणको भण्डाफोर गर्नु पर्नेमा जोड दिएका थिए । उक्त र्यालीको नेतृत्वमा महाअभियानका संयोजक सुरेन्द्र ढकालले गरेका थिए ।

र्याली पछि महाअभियानको दशौँ पूर्ण बैठक बसेको थियो । उक्त बैठकले सुभद्रा केसी, सुनिल उपाध्याय, श्रीराम श्रेष्ठ, विमलराज शर्मा, सरोजा ठकुरी, जयराज केसी, केशव सिलवाल, र उत्तम लामिछानेलाई केन्द्रीय अभियन्तामा मनोनयन गरेको संयोजक ढकालले बताए। बैठकले दलाल राज्य व्यवस्थाले गरेका राष्ट्रघाती, अपराधजन्य तथा भ्रष्टकार्यहरुको निन्दा गर्दै यस्ता तत्त्वहरूलाई अव जनकारवाही गर्नुको विकल्प नरहेको ठहर गर्यो ।


0 comment