काठमाडौं – दाङको तुलसीपुरमा दिनदहाडै एक लाख लुटेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ सम्झना टोलका २१ वर्षीय आयुष विक र सोही ठाउँका १८ वर्षीय सुनिल मगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिएका छन् ।

तुलसीपुरमा रहेको माछापुछ्रे बैंकबाट एक लाख रुपैयाँ निकालेको देखेपछि उनीहरूले तुलसीपुर ८ निवासी १७ बर्षिय दिनेश वलीको साथमा रहेको एक लाख रुपैया र ओपो मोबाइल तुलसीपुरको दोघरेमा लुटेर भागेको उनीहरुमाथि आरोप रहेको छ ।  

लुटपाट भएको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट खटिएको प्रहरीटोलीले उनीहरूलाई तुलसीपुर १० राइखल्यानबाट पक्राउ गरेको छ । 

प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिई यसबारे थप अनुशन्धान भई रहेको जनाएको छ ।