काठमाडौं – दार्चुलामा लगभग डेढ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय रामबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


0 comment