काठमाडौं — रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गुमेको छ ।
निर्वाचन आयोगको कार्यालयमा दल त्यागसम्बन्धी एमालेले निवेदन दिएपछि उनको पद गुमेको हो । आयोगले मंगलबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना निकालेको हो ।
एमाले छाडेर पति प्रभु साहको आम जनता पार्टी प्रवेश गरेको भन्दै एमालेले दल त्यागको निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।
साह २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई नगरप्रमुख पदमा निर्वाचित भएकी थिइन् । साह दोस्रो पटक मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी हुन् ।


0 comment