काठमाडौँ — नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको “कोरोनरी एन्जियोग्राम”को परीक्षण रिपोर्ट सामान्य देखिएको छ ।
प्रधानमन्त्री दाहालको एन्जियोग्रामको रिपोर्ट सामान्य देखिएकोले उनलाई दुई घण्टापछि नै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनको मुटुको धमनीमा केही समस्या भएको हुन सक्ने संकेत देखिएपछि तुरुन्तै एन्जियोग्राम गरिएको बताएको छ । साथै प्रधानमन्त्री दाहाललाई उच्च रक्तचापसँगै डाइबिटिजको पनि समस्या रहेको बताइएको छ ।
मंगलबार साँझ छातीमा असहज महसुस भएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका प्रधानमन्त्री दाहालको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्टसहितको चिकित्सकीय टोलीले एन्जियोग्राम गरेको थियो ।
मुटुको धमनीमा रहेको समस्या पत्ता लगाउनका लागि कोरोनरी एन्जियोग्राम गर्ने गरिन्छ ।


0 comment