काठमाडौं – स्रोत नखुलेको रकमसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपनी गाँउपालिका–१ स्थित खाँडोनदीको पुलमा प्रहरीले जाँच गर्ने क्रममा स्कुटीको डिकी र उनीहरुको साथबाट स्रोत नखुलेको ७ लाख ८६ हजार ५ सय रुपैयाँसहित सप्तरी प्रहरीले मंगलबार दुई जना महिलालाई नियन्त्रणमा लिएको हो ।

यसरी पक्राउ पर्नेमा, अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ बस्ने २७ वर्षीया सागरकुमारी चौधर र सिरहाको लहान नगरपालिका – १ बस्ने २६ वर्षीया चन्दा कुमारी चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । 

सागरकुमारी चौधरीले चलाइरहेको प्र.१–००४८ प ३०९० नम्बरको स्कुटर जाँच गर्दा डिकीबाट ७ लाख ५० हजार र चौधरीको खल्तीबाट ३६ हजार ५ सय बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद रकमबारे तत्काल कुनै स्रोत खुलाउन नसकेपछि रकमसहित नियन्त्रणमा लिएका दुवै जनामाथि यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।