काठमाडौं - छातीमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षण गराउन नर्भिक अस्पताल पुगेका छन् ।
छातीमा समस्या आएको महसुस भएपछि प्रधानमन्त्री दाहाल मंगलबार साँझ सवा ६ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेको प्रधानमन्त्री सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिएका छन् ।
खकुरेलले दिएको जानकारी अनुसार, अहिले प्रधानमन्त्री दाहालको परीक्षण हुँदैछ । रिपोर्ट आइसकेपछि प्रधानमन्त्री प्रचणड बालुवाटार फर्कने कार्यक्रम रहेको छ ।


0 comment