काठमाडौं – भारत सरकारको सहयोगमा युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली फर्किने भएका छन् । भारत सरकारको “अपरेशन अजय” अभियानमार्फत् १८ जना नेपाली भारत हुँदै नेपाल फर्कन लागेका हुन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो ट्वीटरमा अपरेशन अजय अभियानमार्फत् २८६ जना यात्रु इजरायलबाट भारत फर्किन लागेको जानकारी दिएका छन् जसमध्ये १८ जना नेपाली नागरिक पनी फर्कन लागेको उल्लेख गरेका छन् ।

यसअघि नेपाल सरकारले नेपाल एयरलायन्सको विमानबाट हमास आक्रमणमा परी घाइते भएका एक जनासहित २५४ जनालाई नेपाल फर्काएको थियो ।

प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी अहिले सम्म इजरायलमा दस जना नेपालीको मृत्यु भएको छ भने चाार जना घाइते भएका छन । यस्तै एक जना अझै सम्पर्कविहीन छन् । परराष्ट्र मन्त्रालयले सम्पर्कविहनी रहेका विपिन जोशीको खोजीकार्य भइरहेको जानकारी दिएको छ ।

घाइते तीन जना भने तेल अविवस्थित नेपाली दूतावासको संरक्षणमा रहेका छन् ।