काठमाडौं  - अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले विश्वमै ख्याति कमाएको नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । ६८औं प्रहरी दिवसका अवसरमा सम्बोधन गर्ने क्रममा उनले अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले विश्वमै ख्याति कमाएको प्रशंसा गरेका हुन् । 

नेपाली जनताले सुरक्षाको दृष्टिकोणले सबै भन्दा पहिले सम्झिने निकाय नै भनेको नेपाल प्रहरी हो, त्यसैले ’नेपाल प्रहरी अग्रपंक्तिमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएको छ प्रचण्डले भने । अपराधका नयाँ आयाम देखिरहेको भन्दै त्यसको चुनौती सामना गर्न नेपाल प्रहरी तयार रहेको पनी  बताएका छन् । उनले नेपाल प्रहरीको वृत्तिविकास लागि नेपाल सरकार भूमिका निर्वाह गरिरहेको बताए । सरकार नेपाल प्रहरीका विभिन्न श्रेणीका जवानहरूको साझा अभिभावक हो । 

उनीहरूको वृत्तिविकासका लागि सरकारले हरदम भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भने, ’अहिले अपराधका नयाँ नयाँ आयाम देखिरहेका छन ्। प्रहरीले पनि प्रविधिको माध्यमबाट अपराध न्युनीकरणमा लाग्नेछ भन्ने आशा लिएको बताएका छन् । त्यसैले नेपाली प्रहरीको छबिमाथि कुनै किसिमको दाग लाग्न नदिन निर्देशनसमेत दिएको पनि उनले बताएका छन् ।