काठमाडौं – कम परिमाणको तेल बिक्री गरेको आरोपमा गैह्रीगाउँस्थित भ्याली बाबा पेट्रोल पम्पको एउटा नोजललाई सिल गरिएको छ ।
उपत्यकाभित्र रहेका पेट्रोल पम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा संयुक्त अनुगमन टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेको पेट्रोल पम्पमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा काठमाडौंको गैह्रीगाउँको भ्याली बाबा सप्लायर्सबाट कम परिमाणको तेल बिक्री वितरण गरेको पाइएपछि उक्त पेट्रोल पम्पलाई सिल गरिएको छ । परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य बिनोद न्यौपानेले जानकारी दिएका छन् ।


0 comment