काठमाडौं – दशै नजिकिए सँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरू गरेको छ । व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताए ।
यसवर्ष सरकारले २ हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने उनले बताए । हेटौडा र तुलसीपुर दाङबाट खसी बोका खरिद गरेर ल्याई रहेको र धेरै जसो आईपुगि सकेका छन् भने च्याङ्ग्रा पनि आइसकेका छन् ।
कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२५० रुपैयाँ प्रतिकिलो तोकेको छ । यो वर्ष ढुवानी भाडा महँगो भएपनि मूल्य वृद्धि नगरिएको चन्दले बताए ।
खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको बताए । यो वर्ष हेटौंडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताए ।


0 comment